१ लाख २० हजार सहयोग गरेको भन्दै नक्कली भुक्तानी विवरण पोस्ट गर्ने पक्राउ

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहत संकलनका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै कार्कीले नक्कली स्टेटमेन्ट तयार गरेका थिए ।

उनले च्याटजिपिटको प्रयोग गरी नक्कली भुक्तानी विवरण तयार पारेर आफ्नो त्तच् कोडसमेत राखी सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा २७ अगस्ट २०२६ मा १ लाख २० हजार रुपैयाँ राहतकाका रूपमा भुक्तानी भएको देखाइएको छ । कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *