काठमाडौँ । चीन–नेपाल सीमा क्षेत्रमा पहिरोका कारण बनेको ब्यारियर लेकले करिब १ लाख वर्गमिटर क्षेत्रफल ओगटेको छ । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क( सीजीटीएन) यसको क्षेत्रफल करिब १४ वटा फुटबल मैदान बराबर भएको उल्लेख गरेको छ
यसैगरी, ब्यारियर लेक–०१ भन्दा करिब ५ किलोमिटर माथिल्लो भागमा अर्को ब्यारियर लेक–०२ समेत पहिचान गरिएको छ । उक्त क्षेत्रमा समेत निरन्तर अनुगमन भइरहेको जनाइएको छ ।
