किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ । किएभ नजिकैको डिपोमा रातभरि रुसले ड्रोन आक्रमण गर्दा विष्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा ३७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

राजधानीको पश्चिमी उपनगर नजिक रहेको उक्त डिपोमा ‘विस्फोटक वस्तुहरू’ भण्डारण गरिएको पाइएको युक्रेनी अभियोजकहरूले बताएका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वस्ती नजिक गोलाबारुद राखिनु गलत भएको बताए ।

उनले एक्समा लेखेका छन्, ‘गोलाबारुद घर वा अन्य आवासीय क्षेत्र नजिक भण्डारण गर्नु हुँदैन र सकिँदैन । जसले भण्डारण गर्न लगाए वा दिए, उनीहरूले आफ्ना निर्णयहरूको लागि जवाफदेही हुनुपर्छ ।’

रुस र युक्रेन दुवैले हालका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन्, जसले द्वन्द्वलाई थप हिंसात्मक बनाएको छ । सन् २०२२ मा मस्कोको आक्रमणपछि नागरिक हताहतको सङ्ख्या उच्च विन्दुमा पुगेकोे छ ।

एएफपीका संवाददाताहरूले राजधानीको पश्चिमी उपनगरमाथि उठेको ठूलो कालो धुवाँको स्तम्भ देखेको र अधिकारीहरूले सयौँलाई यस क्षेत्रबाट खाली गरिएको बताएका रिपोर्ट गरेका छन् ।

विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि क्षति पुर्याएको राष्ट्रपति जेलेन्स्कीले बताए ।

किएभ क्षेत्रका गभर्नर तिमुर त्काचेन्कोले टेलिग्राममा भन्नुभयो, “आक्रमणमा छिमेकी नगर दिनित्रिभ्काका उपप्रमुखसहित कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।”

‘उद्धारकर्मी र सबै सम्बन्धित सेवाले आक्रमणस्थलमा आफ्ना नियमित कामहरू जारी राखिरहेका छन्,’ उनले भने । डिपो किएभको पश्चिमी बाहिरी क्षेत्रको मिला शहरमा अवस्थित थियो । अधिकारीहरूले यो सैन्य वा नागरिक सुविधा हो भन्ने बिषयमा जानकारी गराएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *