काठमाडौँ । मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । मंगलबार नेप्से १९.३४ अंकले घटेको हो । नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा गिरावट आएको छ ।
आज ३४७ वटा कम्पनीको १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर ५ अर्ब ७ करोड रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएकामध्ये ५६ वटा कम्पनीको मूल्य बढ्दा २१८ वटाको घट्यो । सगरमाथा जलविद्युत कम्पनीको सेयर सर्वाधिक १०.६३ प्रतिशतले घट्यो ।
त्यस्तै सोलु हाइड्रोपावरले ३९ करोडको कारोबार गर्दा खानीखोला हाइड्रोपावरले २५ करोड,रिलाइन्स स्पिनिङ मिल्सले १६ करोड र युनाइटेड मोदी हाइड्रोपावरले १६ करोड बराबरको कारोबार गरे।
