पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । साउन २७ गते पक्राउ परेका श्रेष्ठलाई सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रिहा गर्न दिएको हो ।

काठमाडौं जिल्ला अदालतले यसअघि तीन दिन र सोमबार ४ दिन म्याद थप गरेको थियो । सञ्चारमाध्यममा प्रकाशित समाचार र तस्वीरको विषयमा उजुरी परेको भन्दै प्रहरीले श्रेष्ठलाई २७ साउन रातिनिवासबाटै पक्राउ गरेको थियो ।

उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *