स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी

जेनेभा । सन् २०१८ पछि विश्वभरका स्वास्थ्य सेवामाथि १० हजारभन्दा बढी आक्रमण भएको दावी गरेको छ । अन्तरराष्ट्रिय यस संस्थामा दर्ता भएका तर कसैलाई पनि न्यायको कठघरामा नउभ्याइएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चिन्ता व्यक्त गरेको हो ।

यी आक्रमणहरू २९ देश र क्षेत्रहरूमा रिपोर्ट गरिएका छन्, जसका कारण करिब पाँच हजार ७०० जनाको मृत्यु र आठ हजार ५०० जना घाइते भएका डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले स्वास्थ्य सेवा कहिल्यै लक्ष्य बन्नु नहुने भन्दै विश्व समुदायमाथि बारम्बार जानकारी गराउदै आएका छन् ।

डब्ल्यूएचओले स्वास्थ्य सेवामाथिका आक्रमणहरूको पुष्टि र अभिलेख राख्छ तर दोषारोपण गर्दैन किनकि यो अनुसन्धान गर्ने निकाय होइन।

डब्ल्यूएचओको मानवीय तथा विपद् व्यवस्थापन एकाइका निर्देशक अलताफ मुसानीले जेनेभामा सञ्चारमाध्यमलाई जानकारी दिँद यी तथ्याङ्क प्रस्तुत गर्दै भने, “जवाफदेहिता राष्ट्रिय स्तरमा मात्रै हुनुपर्छ भन्ने छैन।”

“स्वास्थ्य सुविधाहरू र समग्र स्वास्थ्य प्रणाली अन्तर्राष्ट्रिय मानवीय तथा अधिकार कानुनको संरक्षणमा पर्छन् र केही जेनेभा महासन्धिहरूद्वारा सुरक्षित छन्,” उनले भने ।

“मैले उल्लेख गरेका १० हजारभन्दा बढी प्रमाणित घटनाहरूमध्ये एउटै पनि जवाफदेहिता प्रणालीमा प्रवेश गरेको छैन।”
“यस वर्ष मात्रै संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यमामिला हेर्ने यस निकायले ९१४ वटा आक्रमण दर्ता गरेको छ, जसबाट ९११ जनाको मृत्यु र एक हजार ४८६ जना घाइते भएका छन्,” मुसानीले भने ।

युक्रेन, लेबनान र प्यालेस्टिनी क्षेत्रहरूले सन् २०२६ मा अधिकांश घटनाहरूको हिस्सा ओगटेका छन् । अन्य घटनाहरू म्यानमार, इरान, सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, दक्षिण सुडान, रुस, सिरिया र नाइजेरियाबाट रिपोर्ट गरिएका छन्।

मुसानीले भने, “यस वर्ष सबैभन्दा बढी रिपोर्ट गरिएको आक्रमणको प्रकार भारी हतियार प्रयोग गरी गरिएका आक्रमणहरू हुन्, त्यसपछि स्वास्थ्य सेवामा अवरोध र मनोवैज्ञानिक हिंसा आउँछन्।”

उनका अनुसार स्वास्थ्यकर्मी र बिरामीहरूको अपहरण, गिरफ्तारी वा थुनासम्बन्धी ४४ वटा घटना रिपोर्ट भएका छन्, जसबाट १४८ जना प्रभावित भएका छन्।सन् २०२२ मा युक्रेनमा रुसको पूर्ण स्तरको आक्रमण सुरु भएयता डब्ल्यूएचओले तीन हजारभन्दा बढी आक्रमण प्रमाणित गरेको छ । गत हप्ता दिनिप्रोस्थित डब्ल्यूएचओको गोदाममाथि आक्रमण भई गोदाममा क्षति भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *