विपद् भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रचण्डको अपील

रसुवा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायसँग अपील गरेका छन् ।

रसुवा–भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याफ्रुबेँसी पुग्नुभएका उनले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढीजस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गरे ।

दाहालले स्याफ्रुबेँसीको पुल तत्काल पुनर्निर्माण गर्न र रसुवागढीसम्म सडक सञ्जाल विस्तार गर्न सरकारलाई आग्रह गरे । उनले बाढीबाट भएको अकल्पनीय क्षतिप्रति दुःखसमेत व्यक्त गरे ।

संयोजक दाहाल जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भए । उनले सडक सञ्जाल विस्तार र आवास पुनर्निर्माणलाई अबको मुख्य कामका रूपमा अघि बढाउनुपर्ने बताए । आफूले संसद् र सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै स्याफ्रुबेँसीमा बेलीब्रिज निर्माण तथा सडक सञ्जाल विस्तारका लागि पहल गर्ने उनले बताए ।

खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय सरकार र जनप्रतिनिधिलाई उनले धन्यवाद दिए । दाहालले नदी किनारबाट कति दूरीसम्म घर निर्माण गर्न पाइने भन्ने स्पष्ट मापदण्ड तत्काल बनाउन पनि सरकारलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *