किशोर श्रेष्ठ पक्राउ र जनआस्थाको कार्यालयमा छापा परेको घटनाप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ । प्रेस काउन्सिल नेपालले जनआस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको र सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले बिहीबार विज्ञप्ति जारी गरी श्रेष्ठलाई बुधबार राति पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको तथा बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी सामग्री जफत गरिएको घटनाप्रति ग्म्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस काउन्सिलले सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा काउन्सिलमा उजुरी दिन सकिने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ। कुनै समाचार वा सञ्चार सामग्रीप्रति चित्त नबुझेमा सम्बन्धित पक्षलाई काउन्सिलमा उजुरी गर्न आग्रहसमेत गरेको छ।

काउन्सिलले प्रेस स्वतन्त्रताको सम्मान र सदुपयोग दुवै आवश्यक रहेको बताउँदै पत्रकार तथा सञ्चारकर्मीले सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारितामार्फत पेसागत मर्यादा, जवाफदेहिता र उत्तरदायित्व कायम गर्नुपर्ने जनाएको छ।
प्रेस स्वतन्त्रताको प्रयोगका नाममा स्वच्छन्दता हुन नदिन पत्रकार तथा सञ्चारमाध्यम सचेत रहनुपर्ने भन्दै काउन्सिलले प्रेस स्वतन्त्रताको दुरुपयोग रोक्न आफ्नो क्षेत्राधिकारभित्र रहेर अनुगमन गर्दै आएको स्पष्ट पारेको छ।

आचारसंहिता उल्लङ्घन भएमा काउन्सिलले खण्डन प्रकाशन वा प्रसारण, भूलसुधार तथा क्षमायाचना गर्न निर्देशन दिने, सचेत गराउने, वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, सरकारी विज्ञापन तथा सुविधाबाट वञ्चित गर्न सिफारिस गर्नेलगायतका कारबाही गर्न सक्ने जनाएको छ।

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षणसँगै पत्रकारिता पेसाको मर्यादा र आचारसंहिताको पालनामा पनि समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *