सुनसरीमा ४१८ किलो गाँजासहित ४ जना पक्राउ

इनरुवा । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–१, गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ५ः३० बजे दुई वटा सवारीसाधन रोकेर जाँच गरेको थियो।

प्रहरीका अनुसार बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र. १–०२–००२ च ४८५१ नम्बरको कार र को. ११ प ५६०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको ४१८ किलो फेला परेको हो ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय कार चालक थमन राई, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई, मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय मोटरसाइकल चालक अमर कामत र सोही स्थानका ३८ वर्षीय शंकर चौधरी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *