काठमाडौँ । बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से १३.८२ अंकले घटेको हो । आज नेप्से घटेपनि ३४७ वटा कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४७ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
आँखु खोला जलविद्युत कम्पनीले २६ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा सोलु हाइड्रोपावरले २३ करोड,नेसनल हाइड्रो पावरले १९ करोड र कालिञ्चोक हाइड्रोपावरले १६ करोड मूल्य बराबरको कारोबार गरे। कारोबारमा आएकामध्ये ६४ वटाको मूल्य बढ्दा २०२ वटाको घट्यो ।
