नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौँ । बुधबार शेयर बजार नेप्से सामान्य बढेको छ । बुधबार नेप्से ४.७९ अङ्कले बढेको हो । आज होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १२२ वटा कम्पनीको शेयर बढेकोमा १४३ वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सोलु हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन एभरेस्ट कलरको शेयर ९ प्रतिशतले घटेको छ । आज ३५० वटा कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *