लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौँ । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अर्थशास्त्री तथा सार्वजनिक नीतिविज्ञ याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञ मानिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *