सर्लाहीको लालबन्दीबाट १०९ किलो गाँजासहित दुई भारतीय पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका एकस्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ः ३७६६ नम्बरको भारतीय कार रोकी जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ पोकामा प्याक गरिएको करिब १०९ किलो गाँजा बरामद गरिएको हो ।

कार चालक भारत, सितामढी जिल्ला समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो तथा सोही कारमा सवार सोही ठेगाना भएका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *