‘जवाफदेहिता भए गृहमन्त्रीले राजीनामा देउ’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुदन गुरुङको राजीनामा मागेका छन् । सुनसरीमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि एमाले नेता बास्कोटाले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

उनले संसदको डाँको छाडेर रुँदैमा यो क्ष्म्य नहुने बताए । उनले भनेका छन्, ‘टीओबी प्रतिनिधि संसदको रोष्ट्रममा फेरि सुँक्सुकाउँदै रुन्छ र सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन् । पानी पिउदै भन्छ– हाम्रा भाइबहिनी माथि गोली चलेकोमा आफूलाई कति पीडा भइरहेछ । बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन्–दोष ती मान्छेको थियो,जसले गोली खाए । जवाफदेहिता भए राजीनामा देऊ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *