नेसन्स लिगमा पोर्चगल विजयी, जर्मनी ग्रिससँग स्तब्ध

एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगल विजयी हुँदा जर्मनी पराजित हुन पुगेको छ । आइतबार राति भएको खेलमा नर्वेलाई २-१ गोलले पराजित गर्दै पोर्चुगलले लगातार दोस्रो जित निकालेको हो ।

युलेभल स्टाडियोनमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन जोए फेलिक्स र गोन्सालो रामोसले समान एक/एक गोल गर्दा नर्वेको लागि इर्लिङ ब्राउट हालान्डले एक गोल फर्काए । खेलको १७ औँ मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।

५१ औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई १-१ गोलको बराबरीमा ल्याए । तीन मिनेटपछि रामोसले गोल गर्दै पोर्चुगललाई फेरी २-१ गोलको अग्रता दिलाए । ५८ औँ मिनेटमा भीएआरले अफसाइड घोषित गर्दै रामोसको गोल रद्द गरेपछि पोर्चुगलले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पोर्चुगल २-१ गोलले विजयी भएको हो । जितसँगै पोर्चुगल २ खेलबाट ६ अंक जोड्दै समूह ४ को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको नर्वे दोस्रो स्थानमा रहेको छ ।

गएरातिनै भएको अर्को खेलमा जर्मनी ग्रिससँग १-० गोलले स्तब्ध बनेको हो । घरेलु मैदानमा भएको खेलमा पराजित हुँदा जर्मनीको जितविहीन यात्रा तेस्रो खेलसम्म लम्बिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औँ मिनेटमा डिमिट्रिओस कोउरबेलिसले गोल गर्दै ग्रिसलाई जित दिलाएका हुन् ।

जितसँगै ग्रिस २ खेलबाट ६ अंक जोड्दै समूह २ को शीर्ष स्थानमा उक्लिदा समान खेलबाट एक अंक जोडेको जर्मनी तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *