काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले प्रश्नकर्तालाई जाकिदिने धम्की दिएका छन् ।
कैलालीको लम्कीचुहा अस्पतालको सेवा र यसको समस्याका विषयमा छलफलमा सहभागी अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापालाई धम्की दिएका छन् ।
सार्वजनिक भएको भिडियोमा सांसद खनाल धम्कीपूर्णरुपमा प्रस्तुत भएका देखिन्छन् । उनले भनेका छन्, ‘कसले भन्यो प्रमाण छ ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ । यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ । अनाधिकृत बोल्न मिल्छ ? कल्ले फोन गर्यो ? प्रमाण छ तपाईंसँग ?’
साउन ९ गते अज्ञात व्यक्तिले आएर अस्पतालमा तालाबन्दी गरेपछि थापाले शान्ति सुरक्षाको विषय उठाएका थिए ।
