विवादित बनेको ‘मास्टर्नी’ को प्रमोसनल गीत युट्युबबाट हटाइयो

काठमाडौँ । विवादित बनेको ‘मास्टर्नी’ को प्रमोसनल गीत युट्युबबाट हटाइएको छ । गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक पेसामा आबद्धहरूको गरिमामा आँच पुगेको भन्दै चौतर्फी आलोचना भएपछि गीत हटाइएको हो ।

गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीले माफी माग्दै युट्युब र सामाजिक सञ्जाल प्लेटफर्महरूबाट गीतहरू हटाइएको जानकारी दिएका छन् । उनीहरुले कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने कल्पनासम्म नगरेको र र भविष्यमा पनि नगर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *