काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेटवार्ता गरेका छन् । मंगलबार अपराह्न प्रधानन्यायाधीश शर्मालाई भेट्न महानिरीक्षक कार्की सर्वोच्च अदालत पुगेका थिए । उनीहरुबीच करिव ४५ मिनेट कुराकानी भएको बताइएको छ ।
भेटमा उनीहरुबीच पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउका विषयमा कुराकानी भएको बताइएको छ । यसअघि सोमबार सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश जबराको पक्राउको विरोध जनाएको थियो ।
जबरालाई सुरक्षा थ्रेट भन्दै शनिबार राति प्रहरीले निवासबाट पक्राउ गरेर १० घण्टा प्रहरी कार्यालयमा राखेर आइतबार दिउँसो छाडेको थियो ।
