इरानविरुद्ध आक्रमणका लागि एक हजार अमेरिकी क्षेप्यास्त्र तयारी अवस्थामा

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिएका छन् ।

शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसलमा ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनको पछिल्लो भनाइले मध्यपूर्वमा पुनःतनाव बढ्नसक्ने सङ्केत गरेको छ ।

यसअघि अमेरिका र इरानबीच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारबाही भएका थिए, जसले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो ।

ट्रम्पले आफ्नो सन्देशमा इरानविरुद्ध एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा रहेको दाबी गर्दै इरानी सरकारले आफूविरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्कीलाई कार्यान्वयन गरेमा तत्काल थप हजारौँ क्षेप्यास्त्र प्रहार गरिने चेतावनी दिएका छन् । उनले अमेरिकी सेनाले आवश्यक परे इरानका सबै क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने दाबीसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *