नेपाल र भारत ‘ए’ बीच डिसेम्बरमा तीन खेलको टी–२० सिरिज हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ ।

क्यानले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार ऐतिहासिक मानिएको यो सिरिज सन् २०२६ को डिसेम्बर महिनामा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

निर्धारित तालिकाअनुसार पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा खेलाइनेछ ।

क्यानका अनुसार सिरिज आयोजना गर्ने निर्णय स्कटल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा भएको हो । सम्मेलनको अवसरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजित साइकियाबीच भएको विशेष बैठकमा नेपाल र भारत ‘ए’ बीच टी–२० सिरिज आयोजना गर्ने सहमति भएको थियो ।

नेपाल र भारत ‘ए’ बीच पहिलोपटक हुन लागेको यस सिरिजले दुई देशबीचको क्रिकेट सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपाली टोलीलाई उच्चस्तरीय प्रतिस्पर्धात्मक अनुभव दिलाउने अपेक्षा गरिएको छ ।

खेल तालिका:

  • पहिलो टी–२० : डिसेम्बर ९, २०२६
  • दोस्रो टी–२० : डिसेम्बर ११, २०२६
  • तेस्रो टी–२० : डिसेम्बर १३, २०२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *