तोडियो जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्ड, मेस्सीको नाममा कीर्तिमान

काठमाडौँ । अर्जेन्टिनाका स्टार फर्वाड लियोनल मेस्सी फिफा विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । सोमबार राति अष्ट्रियाविरुद्धको खेलमा गोल गरेर मेस्सी फिफा विश्वकपको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

अघिल्लो खेलमा ह्याट्रिक गरी विश्वकपमा १६ गोल पुर्याई जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरी गरेका मेस्सीले आजको खेलमा एक गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गराए ।

योसँगै विश्वकपमा मेस्सीको गोल संख्या १७ पुगेको छ । उनी विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने खेलाडी पनि बनेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *