टर्की विश्वकपबाट बाहिरियो, अमेरिका समूह विजेता

काठमाडौं । टर्की फिफा विश्वकप-२०२६ बाट बाहिरिएको छ । शनिबार बिहान भएको खेलमा १० खेलाडीमा समेटिएको पाराग्वेसँग १-० गोलले पराजित हुँदै टर्की एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलको दोस्रो मिनेटमै माटियास गालार्जाले गोल गर्दै पाराग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पाराग्वे १० खेलाडीमा समेटिएको थियो ।

दोस्रो हाफमा टर्कीले लगातार आक्रमण गरेपनि गोल गर्न नसक्दा १-० गोलले पराजित हुन पुगेको हो ।

जितसँगै पाराग्वे २ खेलबाट ३ अंक जोड्दै समूह ‘डी’को तेस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित टर्की पुछारमा रहेको छ ।

यस्तै अमेरिका समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । अमेरिका २ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *