काठमाडौँ । चीनको चार दिवसीय भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार मध्यान्ह बेइजिङ पुगेका छन् । बेइजिङ पुग्दा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका एक अधिकारीहरूले स्वागत गरेका थिए ।
बेइजिङमा परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसहित चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ । मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ ।
त्यहाँ परराष्ट्रमन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने छन् ।
