टर्की अष्ट्रेलियासँग स्तब्ध

एजेन्सी । फिफा विश्वकप-२०२६ को आफ्नो पहिलो खेलमै टर्की स्तब्ध बनेको छ । आइतबार बिहान भएको खेलमा टर्की अष्ट्रेलियासँग २-० गोलले स्तब्ध बनेको हो ।

बिसी प्लेस भान्कोउभेरमा भएको खेलमा अष्ट्रेलियालाई जित दिलाउन नेस्टोरी इरान्कुण्डा र कोंनोर मेटकाल्फेले समान एक/एक गोल गरे । खेलको २७ औँ मिनेटमा इरानाकुन्डाले गोल गर्दै अष्ट्रेलियालाई शुरुवाती अग्रता दिलाएका थिए । ७५ औँ मिनेटमा मेटकाल्फेले गोल गर्दै अष्ट्रेलियालाई २-० गोलको जित दिलाएका हुन् ।

खेल अवधि भर टर्कीले ३० सट प्रहार गरेपनि बललाई जाली चुमाउन सकेन । जितसँगै समूह ‘डी’मा रहेको अष्ट्रेलियाले तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *