काठमाडौँ । बिहीबार शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बिहीबार नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेको हो । आज ३५० वटा कम्पनीको ९२ लाख ३१ हजार २१६ कित्ता शेयर ३ अर्ब ९० करोड रुपैयाँमा कारोबार भएको छ । आज शेयर बजारमा ८२ कम्पनीका शेयरमूल्य बढ्यो भने १७८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै बोटलर्स नेपाल बालाजुको ८.३३, अपर लोहोरेखोलाको ६.०७ तथा पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशत मूल्य बढ्यो ।
सप्तकोशी विकास बैंकको १३.५१, रावा इनर्जीको ४.३७ तथा रिलायन्स फाइनान्सको मूल्य ३.८८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सिटी होटल, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी छन् ।
