पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

इस्लामावाद । उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ ।

बसले इस्लामाबाद–मुर्री एक्सप्रेसवेमा खाजोट क्षेत्र नजिकै मोडमा नियन्त्रण गुमाएर दुर्घटना भएको उल्लेख गदै प्रहरीले विज्ञप्ति जारी गरेको छ । दुर्घटनाको समयमा सडकको किनारामा खस्नु अघि बसमा आगलागीसमेत भएको प्रहरीले पुष्टि गरेको छ ।

सबै पीडितहरू एउटै परिवारका रहेको उल्लेख गदै उनीहरु मुल्तान सहरबाट मुर्रीको यात्रामा गरिरहेका र यात्रुहरूमा अधिकाशं बालबालिका रहेको बताइएको छ । पाकिस्तानी अधिकारीहरूले दुर्घटनाको र कारण पहिचान गर्न अनुसन्धान सुरु गरिरहेको जनाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *