सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मोल तीन लाख ११ हजार १०० कायम भएको छ । एक तोला चाँदीको मूल्य पाँच हजार २८५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो बुधबार एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *