रास्वपाका उम्मेदवारको असन्तुष्टिः के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा केन्द्रीय सदस्यका उम्मेदवारले भोटिङ मेसिनमा राखिएको नामलाई लिएर असन्तुष्टि जनाएका छन् ।

खुलातर्फका केन्द्रीय सदस्यका उम्मेदवार गणेश कार्कीले प्रारम्भिक सूचीमा आफू भन्दा तल दर्ता भएकाहरूको नाम माथि राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले भनेका छन्, ‘खुलातर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ? प्रश्न छन् ।’

रास्वपाको ९९ केन्द्रीय सदस्य चयनका लागि गएराति १२ बजेबाट विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *