यसवर्ष किसनलाई रासायनिक मल अभाव हुन दिँदैनौँः मन्त्री चौधरी

काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको बताएकी छिन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मन्त्री चौधरीले चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको जानकारी गराएकी छिन् ।

उनले सरकारले लागत साझेदारीका आधारमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको समेत जानकारी गराएकी छिन् । गोदाममा भण्डारण रहेको र नेपालमा आयात हुँदै गरेको गरेर हाल एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । उनले चालु आर्थिक वर्षको असारसम्म कूल ५ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने जानकारी दिइन् ।

उनले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी मल आपूर्तिका लागि सम्झौता भइसकेको बताइन् । उनले अझै एक लाख ८७ हजार मेट्रिक टन रासायनिक मल आउन नसकिरहेको पनि जानकारी गराइन् । यस वर्षको धान रोपाइको समयमा मल अभाव हुन नदिन मन्त्रालयको विशेष ध्यानाकर्णष भएको समेत बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *