नेपाली क्रिकेट टोली स्वेदेश फिर्ता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भएको त्रिकोणात्मक सिरिज खेलेर नेपाली पुरुष क्रिकेट टोली स्वदेश फिर्ता आएको छ । नेपाली टोली मंगलबार बेलुकी त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

नेपाली टोलीलाई क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका हुन् । नेपालले सिरिजको चार मध्ये तीन खेलमा जित निकालेको थियो । पहिलो खेलमा क्यानडालाई २४ रनले हराउँदै सिरिजको शुरुवात गरेको नेपालले दोस्रो खेलमा घरेलु टोली ओमानलाई १ सय १३ रनले पाखा लगाएको थियो । यस्तै तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएको नेपालले अन्तिम खेलमा ओमानलाई १० रनले हराएको थियो ।

यससँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *