हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो ।

प्रातकालीन पदयात्रामा रहेको अवस्थामा उहाँहरुलाई बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार घाइते खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने राजबंशीको उपचारको क्रममा विर्तामोडको बीएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *