काठमाडौं । सभामुख डीपी अर्यालले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सभामुखले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर सोमबार उपराष्ट्रपति यादवसँग भेट गरेका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुख सचिवालयले जनाएको छ ।
