सुन तोलाको दुई लाख ९२ हजार ८००

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० तय भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *