एमालेद्वारा पार्टी पुनर्गठन र निर्वाचनको समीक्षा गर्न कार्यदल गठन

काठमाडौं । नेकपा एमालेले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षालगायतका विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । तीन दिनदेखि जारी सचिवालय बैठकले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा र सात वटै प्रदेशका इन्चार्ज सहभागी छन् । कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *