रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पपछि चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शीर्ष वार्ताको निम्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता हुँदै छ ।

पुटिन राजकीय भ्रमणमा मङ्गलबार अबेर बेइजिङ पुगेका हुन् । पुटिनले रुस र चीनबीचका ‘महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरू’ बारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ ।

पुटिन सन् २०२६ को आफ्नो पहिलो विदेश भ्रमणको निम्ति निकै महत्त्वपूर्ण मानिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै बेइजिङ पुगेका हुन् । चीन भ्रमणका क्रममा ट्रम्प र सीबीच इरान युद्धदेखि व्यापारका विभिन्न विषयमा छलफल भएको थियो ।

निरन्तर एक्लिँदो रुसका लागि चीन कति महत्त्वपूर्ण छ भन्ने यसले सङ्केत गर्छ । मस्कोविरुद्ध पश्चिमा देशहरूको नाकाबन्दीबीच बेइजिङ रुसको एक प्रमुख सहयोगी र तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । चीनलाई ५० अर्ब घन मिटर प्राकृतिक ग्यास पु¥याउन सक्ने एउटा नयाँ पाइपलाइन भ्रमणको उच्च प्राथमिकतामा हुने छ

। पुटिन विश्व नेताहरूको त्यो लामो सूचिमा समावेश भएका छन् जो पछिल्ला महिनाहरूमा चीनसँग व्यापार बढाउन बेइजिङ पुग्ने गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको निम्ति भएको बताएको छ ।

राति बेइजिङ पुग्दा पुटिनलाई चिनियाँ विदेश मन्त्री वाङ यी र एउटा सैन्य टुकडीले स्वागत गरेका थिए । रुसी राष्ट्रपतिको यो २५औँ औपचारिक चीन भ्रमण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *