गैँडाकोटमा तालमा डुबेर बालिकाको मृत्यु

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–४ स्थित जयश्री खोलाको भंगभंगे तालमा डुबेर एक  बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो गैँडाकोट–१, नवदुर्गा टोल निवासी मनिषा थापाकी ११ वर्षीया छोरी सजिना थापा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएकी थिइन् ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी नायब निरीक्षक नवीन कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पानीको दहबाट मृत अवस्थामा सजिनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *