बाघको आक्रमणबाट वन हेरालु घाइते

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् । एकता सामुदायिक वनमा सोमबार पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन् ।

जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा सोमबार बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते भएका जानकारी दिए ।

“घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार हुँदै छ”, उनले भने, “वन क्षेत्रमा कामको सिलसिलामा गएका बेला बाघले चौधरीलाई आक्रमण गरेको हो ।”

वन कार्यालयले लालझाडी जंगल क्षेत्रमा आवतजावत गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *