एजेन्सी । रियल म्याड्रिडका डिफेन्डर डानी कार्भाहालले सिजनको अन्त्यमा क्लब छोड्ने भएका छन् । रियल म्याड्रिडले सोमबार कार्भाहालले सिजनको अन्त्यमा क्लब छोड्ने जनाकारी दिएको हो ।
३४ वर्षीय कार्भाहालले आगामी शनिबार एथ्लेटिक क्लबविरुद्ध घरेलु मैदानमा रियल म्याड्रिडबाट अन्तिम खेल खेल्नेछन् । म्याड्रिडसँगको सम्झौता सकिएपछि उनले फ्रि-एजेन्टका रुपमा क्लब छाड्न लागेका हुन् । उनले गत शनिबार सेभिल्लासँग खेल्दै म्याड्रिडबाट ४ सय ५० खेल पुरा गरेका थिए ।
१० वर्ष रियल म्याड्रिडको एकेडेमीमा बिताएपछि जर्मन क्लब बायर लेभरकुसेनमा पुगेका उनी सन् २०१३ मा म्याड्रिड फर्किएका थिए । त्यसयता उनले ६ च्याम्पियन्स लिगसहित २७ उपाधि जितेका छन् । यस्तै उनले म्याड्रिडबाट १४ गोल गरेका छन् ।
