युएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण

दुबई । संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीको अमीरातमा एक आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी भएको अधिकारीहरूले बताएका छन्।

युएईको मिडिया कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ, “अबुधाबीको अल धाफ्रा क्षेत्रको बाराकाह आणविक ऊर्जा संयन्त्रको भित्री घेराबाहिर ड्रोन आक्रमणका कारण विद्युतगृहमा आगलागी भएको छ । घटनापछि अधिकारीहरूले आक्रमणको आवश्यक प्रतिक्रिया दिइसकेका छन् ।

“आक्रमणबाट कुनै चोटपटक रिपोर्ट गरिएको छैन र रेडियोधर्मी विकिरणजन्य सुरक्षा स्तरमा कुनै असर परेको छैन,” कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *