त्रिकोणात्मक सिरिज: स्कटल्याण्ड टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिज अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा स्कटल्याण्डले घरेलु टोली नेपालविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आज अमेरिकाविरुद्ध खेलेको टोलीलाईनै  मैदान उतारेको छ ।

नेपालको प्लेइङ ११ :- आसिफ शेख, कुशल भुर्तेल, इशान पाण्डे, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *