काठमाडौं । फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल)को चौथो संस्करण भदौ २० गतेबाट शुरु हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो ।
आयोजकका अनुसार यसपटक लिग इतिहासमै पहिलोपटक ‘होम एण्ड अवे’ फर्मेटमा हुनेछ । यस्तै खेल डबल राउण्ड रोबिन अनुसार हुनेछ ।
यसअघि ७ टोलीको सहभागिता रहेको लिगमा यसपटक १० देखि १२ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको थियो ।
