प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन साहको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने प्रकाश खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोकका २२ वर्षीय प्रकाश खड्कालाई पक्राउ गरेको हो । खड्कालाई शनिबार पक्राउ गरेको परिसरले जनाएको छ ।

प्रहरीका अनुसार खड्काले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग’ गरेका थिए ।

उनले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई खड्काले फोन गरी धम्क्याएको भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरी कारबाही गर्ने चेतावनी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *