मोरङ्गबाट २० लाख भारतीय रुपैयाँ बरामद

काठमाडौँ । मोरङ्गको रतुवामाई नगरपलिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । गएराति ५ सय दरको ४० बण्डल भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

भारतबाट नेपालतर्फ मोटरसाईकलमा आउदै गरेका व्यक्तिलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए । बरामद रुपैयाँ आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *