काठमाडौं । प्रहरीले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को टोलीले जोशीलाई पक्राउ गरेको हो ।
उनलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । अनुमतिपत्र स्वतः रद्द भएकोमा दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसूरमा जोशीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
