काठमाडौँ । सरकारले आफूहरुलाई धरपकड गर्न थालेको भन्दै व्यवसायीले गुनासो गर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले व्यवसायीसँग छलफल थालेको छ ।
निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आइतबार रास्वपाका सभापति रवि लामिछाने, सांसदहरू गणेश पराजुली, विदुषी राणालगायत छलफलमा जुटेका हुन् ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्रालगायतको सहभागिता रहेको छ । पछिल्लो समय केही व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि निजी क्षेत्र आतंकित बनेको छ । उनीहरुले पहिला सुन्न र पछि मात्र थुन्न आग्रह गर्दै आएका छन् ।



