बार्सिलोनालाई ला लिगामा ११ अंकको अग्रता

एजेन्सी । बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । शनिबार बेलुकी सम्पन्न खेलमा गेटाफेलाई २-० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको हो ।

इस्टाडियो कोलिसेउममा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन फेर्मिन लोपेज र मार्कुस रासफोर्डले समान एक/एक गोल गरे । खेलको ४५ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाएका थिए ।

७४ औँ मिनेटमा राशफोर्डले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-० गोलले विजयी भएको हो ।

जितसँगै बार्सिलोना ३३ खेलबाट ८५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ४४ अंक जोडेको गेटाफे छैटौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *