एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा पञ्जाव किंग्सले एतिहासिक जित निकालेको छ । शनिबार बेलुकी सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै पञ्जावले प्रतियोगितामा छैटौँ जित निकालेको हो ।
जितको लागि २ सय ६५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पञ्जावले विस्फोटक ब्याटिङ गर्दै ७ बल अगाडिनै ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । टी-२० मा यो सबैभन्दा ठुलो सफल रन चेस हो । पञ्जावको लागि प्रभ्सिम्रन सिंह र कप्तान श्रेयस आयरले अर्धसतक बनाए । प्रभ्सिम्रनले २६ बलमा ९ चौका र ५ छक्काको मद्दतमा ७६ रन बनाउँदा श्रेयसले ३६ बलमा ७ छक्का र तीन चौकाको मद्दतमा ७१ रन बनाए । यस्तै प्रियांश आर्याले ४३, नेहाल वाधेराले २५, शशांक सिंहले नटआउट १९ र कोपर कोनोलीले १७ रनको योगदान गरे ।
दिल्लीको लागि कुलदिप यादवले दुई तथा अक्सर पटेल र विप्राज निगमले एक/एक गोल गरे ।
यसअघि दिल्लीस्थित अरुण जित्ले स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो । दिल्लीलाई विश्वाल योगफलमा पुर्याउन केएल राहुलले सतक बनाए । उनले ६७ बलमा १६ चौका र ९ छक्काको मद्दतमा नटआउट १ सय ५२ रन बनाए । यस्तै नितेश रानाले ४४ बलमा ११ चौका र ४ छक्काको मद्दतमा ९१ रन बनाए । राहुल र नितेशले दोस्रो विकेटको लागि २ सय २० रनको साझेदारी गरेका थिए । यस्तै पाथुम निस्सान्काले ११ र डेभिड वार्नरले ३ रनको योगदान गरे ।
पञ्जावको लागि अर्शदिप सिंह र जाभिएर बार्टलेटले समान एक/एक विकेट लिए ।
जितसँगै पञ्जाव ७ खेलबाट १३ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा यथावत रहेको छ भने समान खेलबाट ६ अंक जोडेको दिल्ली छैटौँ स्थानमा रहेको छ ।
