काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो ।
दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना सदस्य भुसाल र राजु कटुवाल छन् । निर्वाचन समिति सदस्य मुना भुसाललका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।
निर्वाचन तालिकाअनुसार संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्तादेखि मतदानको कार्यक्रम थियो ।
