सरकारको आग्रहमा राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित

काठमाडौँ । सरकारले संसद अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको अधिवेशन स्थगन गरेका हुन् ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

‘विशेष कारणवश’ संसद अधिवेशन प्रारम्भ नभइ स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *