काठमाडौँ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । यससँगै सर्वोच्चले अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भनेर निर्णय गर्न दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
दुवै पक्षका कुरा सुनेपछि सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने भएको छ। । प्रधानमन्त्री बालेन साहले गत चैत २२ गते कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।
महान्यायाधिवक्ता कँडेलको योग्यता नपुगेको भन्दै अधिवक्ताहरू शिवराज बराल, माधव बस्नेत र दिपकराज जोशीले बुधबार छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा महान्यायाधिवक्ताका लागि कँडेल अयोग्य भएकाले उनको नियुक्ति खारेज गर्न आदेश माग गरिएको छ।
